६ आश्विन २०८१, आइतबार | September 22, 2024

बुटवलमा करेन्ट लागेर युवकको मृत्यु



बुटवल। बुटवलमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगरको मृत्यु भएको हो ।

बुढामगरलाई बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटलमा मृत्यु भएको  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १ : ४७ बजे