३० भाद्र २०८१, आइतबार | September 16, 2024

चट्याङ लागेर बालिकाको मृत्यु



बाजुराको बडिमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर शनिबार राति बालिकाको मृत्यु भएको छ । स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङबाट कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको स्थानीय पदमबहादुर बडुवालले बताए ।

चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेको बडुवालले बताए ।

बडिमालिका नगरपालिका पूर्व नगरप्रमुख समेत रहेका कोर्द गाउँकै स्थानीय बडुवालका अनुसार घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ९ : ३२ बजे