४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

हरेक कुराको नेतृत्व नेपाली काँग्रेसको वरिपरि घुमेको छ : भण्डारी



काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा.चन्द्र भण्डारीले हरेक कुराको नेतृत्व र निकास नेपाली काँग्रेस वरिपरि घुमेको बताएका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकको चौथोँ दिनमा बोल्दै उनले त्यस्तो बताएका हुन् ।

उनले पूर्वसभामुख सुवास नेम्वाङको दुवै छोराहरू विदेश भएर दाहसंस्कार गर्न दुई दिन पर्खनुपरेको कुरा जोड्दै अन्य नेपालीको हालत झन् जटिल रहेको र यो विषय निकै दुःखद भएको समेत बताएका छन् ।

प्रति वर्ष नेपालीहरू गरिबीको रेखामुनि जाँदै गरेको अवस्था दर्साउँदै उनले राजनीतिक, सामाजिक निकास दिने जिम्मेवारी र नेतृत्व काँग्रेसकै हातमा रहेकाे बताए ।

उनले नेपाली काँग्रेसको संगठन चलायमान भएको र यसलाई सकारात्मक रूपमा लिनुपर्ने बताए ।

रामायणमा रावण मार्न राम र विभिषणको भलाकुसारीको प्रसंग जोड्दै उनले कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण भएको कुरामा समेत आपत्ति जनाएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : २१ बजे