२ आश्विन २०८१, बुधबार | September 18, 2024

सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छु : शेखर कोइराला



काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट रहेको बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलमा उनले कोसी प्रदेशमा सरकार गठनको विषयलाई लिएर सत्ता गठबन्धनलाई कमजोर हुन नदिने प्रतिवद्धता जनाएका हुन् ।

तीन नेताबीच कोसी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।

एमालेले सत्ता गठबन्धनमा फुटको सुरुवात कोसी प्रदेशबाट गरेको चर्चा चलिरहँदा प्रचण्ड, देउवा र कोइरालाले गठबन्धनमा प्रतिबद्ध रहने सहमति गरेका हुन्।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : ३४ बजे