१६ माघ २०८२, बिहिबार | January 29, 2026

हमास–इजरायलबीचको युद्धविराम भंग, इजरायलले सुरु गर्यो आक्रमण



काठमाडौं। इजरायली सेनाले प्यालेस्टिनी अतिवादी समूह हमासविरुद्धको लडाइँ फेरि सुरु गरेको छ।

थप एकदिन लम्बिएको युद्धविरामको सम्झौता भङ्ग गरी आक्रमण गरेको इजरायली सेनाले आरोप लगाएको बीबीसीले जनाएको छ।

गाजाको दक्षिण क्षेत्रमा केही हवाई आक्रमण भएको हमासको अधीनमा रहेको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयले जनाएको छ। गाजाको उत्तरी क्षेत्रमा केही धमाका पनि सुनिएको छ। इजरायल रक्षा बलले आफ्नो फाइटर विमानहरुले हमासलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको बताएको छ।

विगत ७ दिनको यूद्धविराममा हमासले ११० बन्धक छाड्दा इजरायलले भने २४० प्यालेस्टिनी कैदीलाई रिहा गरेको थियो।

यद्यपि, आक्रमण सुरु भएपनि इजरायल र हमासबीचको युद्ध विरामलाई थप लम्बाउन भने मध्यस्तरमार्फत पहल प्यालेस्टिनी अधिकारीहरुले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ३५ बजे