३० भाद्र २०८१, आइतबार | September 15, 2024

निर्वाचनमा गुटबन्दी गरेर टिकट वितरण गर्दा कांग्रेस कमजोर देखिएको हो : चन्द्र भण्डारी



नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले कांग्रेस पार्टी कमजोर नभएको भए पनि निर्वाचनका समयमा गुटगत रुपमा टिकट वितरण गर्दा कांग्रेसभित्र केही समस्या देखिएको बताएका छन् ।

बुटवलमा आयोजित कांग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै उनले पार्टीभित्र गुटबन्दी गर्दै एक अर्कालाई अस्वीकार गरी कांग्रेस कमजोर हो भन्दै आन्तरिक समितिहरु नै बोल्न लागेको बताउँदै यो बन्द हुनुपर्ने बताए ।

गुटबन्दीले संगठन वा देश नबन्ने बताउँदै उनले गुटको पछि भन्दा पनि संगठन वा देशका लागि काम गर्न आग्रह गरे । उनले अहिलेको अवस्थामा  जनताले खोजेको काम गरेर देखाउनु जरुरी रहेको बताउँदै आफूलाई लागेको भन्दा पनि जनताले खोजेको र चाहेको काम बुझेमा मात्रै सफल भइने उल्लेख गरे ।

उनले अहिले आर्थिक मन्दीको कारणले समस्या सिर्जना भएको बताउँदै स्वदेशमा नै रोजगार सिर्जना हुने माहोल बनाउन आवश्यक रहेको बताए । उनले युवालाई नेपालमा नै राख्न लागिपर्नुपर्ने उल्लेख गरे ।

प्रतिनिधि सभा सदस्य समेत रहेका भण्डारीले ुनेता कस्तो छरुु भन्ने कुरा नेताको वरिपरि कस्ता मान्छे छन भन्नेले निर्धारण गर्ने भएकोले नेताहरुले पनि आफ्नो वरपर रहने ब्यक्तिहरुको बारेमा ख्याल गर्न आग्रह गरे ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ४ : ०० बजे