३१ भाद्र २०८१, सोमबार | September 16, 2024

कांग्रेस सभापति देउवासहित नेताहरू मंगलबार ओखलढुङ्गा जाँदै



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङदेम्बे र नेता डा. शेखर कोइराला नेपाली कांग्रेसको ओखलढुङ्गा सम्मेलनमा सहभागी हुने भएका छन् । 

मंगलबार हुने जिल्ला सम्मेलनका लागि देउवासहितका नेताहरू ओखलढुङ्गा  जाने कार्यक्रम रहेको सहमहामन्त्री आङ्देम्बेले बताए । आङ्देम्बेका अनुसार सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री केदार कार्कीको समेत सहभागिता हुने छ । 

नेपाली कांग्रेस यतिखेर जिल्ला र प्रदेशको सम्मेलन गर्न व्यस्त छ । कांग्रेसका नेताहरूले केन्द्रीय महाधिवेशनका लागि माहोल बनाइरहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : २४ बजे