६ आश्विन २०८१, आइतबार | September 22, 2024

शेखर र गगनबीच अर्जुननरसिंह केसीको घरमा तीन घन्टा छलफल, के भयाे सहमति ?



नेपाली कांग्रेसकाे संस्थापनइतर समूहका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच तीन घन्टा लामो छलफल भएको छ । कांग्रेस नेता अर्जुननरसिंह केसीको निवास बूढानीलकण्ठमा भएको भेटघाट सम्बन्ध सुधार गर्नमा केन्द्रित भएको छ ।

पछिल्लो समय यी दुई नेताहरूबीच बोलचाल समेत भएको थिएन । साथै दुवैले मिलेर फेरि संगठित हुने सहमति गरेका छन् ।

मंगलबार शेखरले आफूपक्षीय नेताहरूको बैठक बोलाएका थिए । सो बैठकमा महामन्त्री थापा नजाने तय भएको थियो । थापा नजाने भएपछि बैठक बुधबारको लागि सारिएको छ । बुधबारकाे बैठकमा थापा सहभागी हुने सहमति भएकाे स्राेतले बतायाे ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  २ : १५ बजे