२६ श्रावण २०८२, आइतबार | August 11, 2025

ट्रम्पले चुनाव लड्न नपाउने कोलोराडो अदालतको ठहर



काठमाडौं । अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार हुन नसक्ने फैसला गरेको छ।

करिब तीन वर्ष अमेरिकी संसद् भवनमा भएको विद्रोहमा उनी संलग्न रहेको भन्दै अदालतले मंगलबार आफ्नो राज्यमा ट्रम्पले चुनाव लड्न नसक्ने फैसला गरेको हो । संवैधानिक विद्रोहको धारा उद्धृत गर्दै उनले चुनाव लड्न नपाउने अदालतले फैसला गरेको हो ।

ट्रम्पको उमेदवारी अभियानले यो निर्णयलाई लोकतन्त्र विरोधी भन्दै पुनरावेदनमा जाने बताएका छन् ।

राष्ट्रपति पदका उमेदवारलाई अयोग्य ठहर्याउन अमेरिकी संविधानको १४ औं संशोधनको धारा ३ को यो पहिलो प्रयोग भएको बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : ३२ बजे