३१ भाद्र २०८१, सोमबार | September 16, 2024

भारतसँगको सम्बन्ध बलियो बनाउँदै अमेरिका



१७ पुस, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भारतसँगको आफ्नो सम्बन्ध बलियो हुँदै गएको बताएका छन् । पत्रकारसँगको कुराकानीमा उनले अमेरिकाले चार पक्षीय सुरक्षा संवाद ‘क्वाड’ मार्फत भारतसँगको साझेदारीलाई बलियो बनाएको बताए ।

भारत र अमेरिकासँगै अष्ट्रेलिया र जापान पनि क्वाडमा छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको साझेदारी अहिलेसम्म बलियो रहेको उल्लेख गरिएको छ । उनले हाल अमेरिकाले बेलायत र अष्ट्रेलियासँगको सहकार्यमा आणविक पनडुब्बी निर्माण गरिरहेको जानकारी पनि दिए ।

साथै, भियतनाम र इन्डोनेसियासँग विस्तृत रणनीतिक साझेदारीको थालनी भएको र फिलिपिन्स र जापानसँग नयाँ रक्षा साझेदारी सम्झौता अगाडि बढाइएको जानकारी दिइएको छ । विदेशमन्त्री ब्लिन्केनले पनि प्रशान्त महासागरका देशहरूले हालै सोलोमन टापु र टोंगामा नयाँ दूतावास स्थापना गरेको बताए।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १२ : ५७ बजे