४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

रास्वपा सभापति रवि र उपसभापति डिपी भारत प्रस्थान



काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र  उपसभापति डोलप्रसाद अर्याल (डिपी) नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

उनीहरु २८ र २९ तारिक नेपाली मिति १४ र १५ गतेको नयाँ दिल्लीमा हुने नेपालीहरूको कार्यक्रम सम्बोधन गर्न भारत गएको रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए । 

ढकालका अनुसार उनीहरूले आज नयाँ दिल्ली र भोलि हैदराबादमा आयोजित कार्यक्रममा सहभागी हुने छन् । उनीहरूले त्यहाँ नेपालीको समस्या तथा गुनासाहरूको बारेमा सोध बुझ गर्ने बताइएको छ । 

उनीहरूको कार्यक्रम भारतमा रहेका शुभेच्छुकले आयोजना गरेको  कार्यक्रम भएको रास्वपाको प्रवास नेपाली सम्पर्क विभागले बताएको छ ।  

यसैबीच कार्यवाहक सभापतिको जिम्मेवारी रास्वपाका उपसभापति स्वर्णिम वाग्लेलाई दिइएको छ । अर्का उपसभापति अर्याल प्रवास नेपाली सम्पर्क विभागका प्रमुख हुन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ३ : १५ बजे