६ आश्विन २०८१, आइतबार | September 22, 2024

बिल बिजक भन्दा बढी समान सहितका २ वटा कन्टेनर (ट्रक) नियन्त्रणमा



चितवन, फागुन ११

जिल्ला प्रहरी कार्यालय चितवनले बिल बिजक भन्दा बढी समान बोकेका दुई कन्टेनर ट्रकलाई नियन्त्रणमा लिएको छ |

पुर्वबाट चितवन तर्फ आउदै गरेका ना ३ ख ५२५० र ना ३ ख ७६५६ नं.को भाडा कन्टेनर (ट्रक) हरुमा बिल बिजक भन्दा बढीको लत्ता कपडा लगायतका विभिन्न खुद्रा सामानहरू लोड गरी आउदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन एवं मातहतका प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरी टोलीले मिति २०७९/११/०९ गते बिहान अन्दाजी ०८:०० बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० मालपोत चोक स्थित बाइपस सडक खण्डमा उल्लेखित कन्टेनरहरु (ट्रक) लाई रोकी खानतलासी एवं प्रारम्भिक अनुसन्धान गर्दा दुबै कन्टेनर (ट्रक) बिल बिजक भन्दा बढी समान भएको हुनाले उक्त कन्टेनर (ट्रक)हरु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी राजश्व अनुसन्धान विभाग हरिहर भवन, ललितपुर पठाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ५ : ३७ बजे