१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नारायणी नदीमा डुबेर बेपत्ता भएका किशोर पाँच दिनपछि मृत फेला



चितवनमा एक किशोर मृत फेला परेका छन्। भरतपूर महानगरपालिका १६ काभ्रेघाट स्थित नारायणी नदी किनारमा आज बिहान भरतपूर माविमा कक्षा ९ मा पढ्ने १६ वर्षिय रितेश थापा मृत फेला परेका हुन्।

चितवन माडीपालिका ५ स्थित स्थायी घर भएका थापा फागुन ६ गते शिवरात्रीको दिन तनहुँ देबघाट स्थित नारायणी नदीमा नुहाउने क्रममा डुबि बेपता भएका थिए।

पाँच दिनपछि उनी करिव १६  किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ७ : २९ बजे