४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

भरतपुर ११ गणेशथानमा छोराद्वारा चिर्पट प्रहार गरी आमाको हत्या



चितवन, फागुन ११

चितवनको भरतपुर-१० मा छोराले आमलाई चिर्पटले हानी हत्या गरेका छन् ।

मिति २०७९/११/१० गते रातको अन्दाजी २१:२५ बजेको समयमा जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं ११ गणेशस्थानमा ऐ.ऐ. बस्ने बर्ष ७८ की मिना कुमारी घले आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको छ भनि सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिई गई मृतक लासको घटनास्थल लासजाँच मुचुल्का समेतको कार्य गरी घटना सम्बन्धी प्रारम्भिक अनुसन्धान गर्दा उक्त वारदात मृतककै कान्छो छोरा ऐ.ऐ. बस्ने बर्ष ४० को पुरन घलेले मादक पदार्थ सेवन गरी आमा छोरा बिच बिवाद हुँदा लाठी (दाउरो) ले टाउकोमा प्रहार गरी घटाएको खुल्न आएकोले तत्काल घटना स्थलबाट फरार निज पुरन घलेलाई खोजतलास गर्दा मिति २०७९/११/११ गते बिहानको १२:३० बजेको समयमा जिल्ला चितवन भ.म.न.पा. वडा नं. ११ स्थित निजकै घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई सम्मानित चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  १२ : २६ बजे