६ आश्विन २०८१, आइतबार | September 22, 2024

तरकारीको उचित बजार मूल्य नपाएको भन्दै किसानले गरे प्रदर्शन



चितवन, फागुन-१२

चितवनका कृषकले तरकारीको उचित मुल्य नपाएको भन्दै कालो बेलुन उडाएर सरकारको विरोध गरेका छन् |

चितवनका किसानले गत महिना कृषकहरूको माग सम्बोधन नभएको भनी राजमार्गमा तरकारी फ्याकेर सरकारको विरोध गरेका थिए | उक्त आन्दोलन पश्चात हाल सम्म पनि कृषकका मागहरुको कुनै सुनुवाई नभएको भनी चितवनका कृषकले पुन: आज दोस्रो चरणको आन्दोलन गरेका छन् |

किसानले उठाएका मागहरू सम्बोधनका लागि आश्वासनमात्र आएको तर कार्यान्वयन नभएकोले सरकारलाई दबाब दिन आज पुन: कालो बेलुन उडाएर सरकारको विरोध गर्नु परेको कृषक संघर्ष समितिका संयोजक लेखनाथ भुषालले जानकारी दिए ।

नेपालमा पर्याप्त उत्पादन हुने तरकारी र फलफूल भारतबाट आयात नगर्न, रासायनिक मल सहज रूपमा पाउने व्यवस्था गर्न, मलमा भइरहेको कालोबजारी रोक्न, किसानले पाउने अनुदानमा गरिएको कटौतीको निर्णय फिर्ता लिन जस्ता माँगहरु राखेका छन् । उनीहरूले किसानले उठाएका दस बुँदे मागहरूलाई नीतिगत रूपमा कार्यान्वयन गर्न दबाब पनि दिँदै आएका छन् ।

किसानहरुले आफ्नो माँग पुरा नभए देशव्यापी रुपमा आन्दोलनमा जाने समेत चेतवानी दिएका छन् |

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १२ : ५६ बजे