२ आश्विन २०८१, बुधबार | September 18, 2024

सिरियामा भूकम्पमा परेकी टुहुरी बालिकालाई आफन्तले पाल्न थाले



फागुन-१३

सिरियामा गएको भूकम्पले भत्किएको एउटा घरको भग्नावशेषमा आमा र अन्य आफन्तको शवसँगै फेला परेकी एक बालिकालाई उनका आफन्तले धर्मपुत्री बनाएका छन्।

ती बालिकालाई आमाको शवसंगै सालनसहित जीवितै उद्धार गर्दा विश्व नै चकित भएको थियो। त्यसपछि उनलाई पाल्ने इच्छा विश्वभरिका हजारौँ मानिसले व्यक्त गरेका थिए।

अफ्राकी दिवङ्गत आमा र धर्मआमा हलाबीच रगतको साइनो थियो। डीएनए परीक्षण गर्दा त्यो पुष्टि भएपछि हला र उनका पति खलिलले उनलाई लालनपालन गर्ने अनुमति पाएका हुन्।

उनका नयाँ अभिभावकले ती बालिकीकी आमाको सम्झनामा उनको नाम अफ्रा राखेका छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ४१ बजे