२ आश्विन २०८१, बुधबार | September 18, 2024

चितवनका चार क्याम्पसलाई विश्वविद्यालयबाट अनुदान



चितवन, फाल्गुन १८

विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकको सहकार्यमा संचालित तेस्रो चरणको कार्यक्रम उच्च शिक्षामा उत्कृष्टताको प्रबद्र्धनमा चितवनका चार क्याम्पस छनोट भएका हुन । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबद्र्धन कार्यक्रममा चितवनका चार क्याम्पस जसमध्ये भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयादेवी क्याम्पस, खैरहनी क्याम्पस र शहिद स्मारक क्याम्पस रहेका छन |

देशभरबाट ७९ वटा क्याम्पसलाई अनुदान आयोगले छनोट गरेको छ । अनुदान आयोगले उत्कृष्ट शैक्षिक संस्थालाई छनोट गरेको थियो । यस परियोजनामा छनोट भएका क्याम्पसहरुले भौतिक पूर्वाधार विकास, अनुसन्धान प्रर्वधन, वातावरण अनुकुल पूर्वाधार विकास, क्याम्पसभित्र सुचना प्रविधि पूर्वाधारको विकास, ट्रेसर स्टडी, विद्यार्थी नतिजा सुधार, विज्ञान तथा कम्प्युटर प्रयोगशाला निर्माण र शिक्षक कर्मचारीको क्षमता विकास लगायतका कार्यक्रममा वित्तिय अनुदान सहायता प्राप्त गर्न सकिने सप्तगण्डकी क्याम्पसका विश्वविद्यालय अनुदान आयोगका प्रोजेक्ट प्रमुख डाक्टर कपिलदेव सुवेदीले बताउँनुभयो ।

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा उत्कृष्टताको प्रबद्र्धन शिर्षकमा १ अर्व २० करोड बजेट विनियोजन गरेको छ|

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  १० : १० बजे