३ आश्विन २०८१, बिहिबार | September 19, 2024

नौ हजार घुस सहित नायब सुब्बा पक्राउ



नौ हजार घुस लिएको अभियोगमा महोत्तरीको जलेश्वर मालपोत कार्यालयका नायब सुब्बा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मालपोत कार्यालयका नायब सुब्बा रामकृष्ण पण्डित र लेखापढी व्यवसायी सुवासचन्द्र लाल कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जग्गा नामसारी गर्नका लागी सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा गएको टोलीले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भई रहेको आयोगका प्रवक्ता भोला दाहालले विज्ञप्ति मार्फत जनाउनु भयो |

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ६ : ३० बजे