४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नारायणि नदी किनारबाट १४१ क्यूफिट सिसौको काठ नियन्त्रणमा ।



चैत्र-७

प्रहरीले नारायणी नदि किनारबाट १४१ क्युफिट सिसौको काठ बरामद गरेको छ |

वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट सोमबार बेलुकी ५ बजेको समयमा खटिएको प्रहरी टोलीले जिल्ला चितवन भ.म.न.पा. वडा नं. ३ स्थित नारायणि नदी किनारमा अबैध सिसौको काठ १४१ क्यूफिट फेला पारेको थियो । उक्त काठ नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय भरतपुर चितवन, पठाईएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ |

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ४२ बजे