२ आश्विन २०८१, बुधबार | September 19, 2024

पूँजीवादकाे दलदलमा समाजवादकाे सपना



बैकुण्ठ भुषाल

मानिस सामाजिक प्राणी हाे यसैले मानव विकासकाे प्रारम्भदेखि नै मानिस र समाजका बीचमा अन्याेन्याश्रित सम्बन्ध रहँदै आएकाे पाइन्छ । उच्च चेतनाकाे विकासका कारण नै मानिसले युगीन सभ्यताकाे उच्च विकास र प्रगति पथमा दिनानुदिन आफूलाई अगाडि बढाउँदै आइरहेकाे छ । मानव इतिहासलाई हेर्दा आजकाे युगसम्म आइपुग्दा मानिसले विभिन्न घुम्ती आरोह र अवराेहहरु पार गर्दै आइरहेकाे छ ।

मानव प्रयत्न र कठाेर परिश्रमकाे फलस्वरुप नै आज युगान्तकारी परिवर्तन हुँदै आइरहेकाे हाे । वातावरण भौगाेलिक अवस्थिति र पारिस्थितिक प्रणालीका कारण मानव सँस्कृति, रीतिरिवाज र जीवनशैलीमा स्थान पिच्छे विविधता रहनु अस्वाभाविक हाेइन ।

यातायात र सञ्चारकाे तीव्र विकासका कारण विश्व एउटै गाउँ जस्तै भइरहेछ । अध्ययन, अनुसन्धान र अन्वेषणमा निरन्तरकाे त्याग, परिश्रम र बलिदानीका कारण आज मानव सभ्यता र जीवनशैलीका सबै पाटाहरुमा सहजता, सुगमता र अनुकूलता रहँदै आएकाे छ ।

ज्ञान विज्ञानका क्षेत्रमा आमूल परिवर्तन भएजस्तै विश्व शान्ति, एकता र विश्व बन्धुत्वका क्षेत्रमा पनि हिजाे र आजपनि महान् कार्यहरु हुँदै आइरहेका छन् । मानिस मानिस भएर बाँच्न पाउनु फुल्न, फैलिन र पन्पिन पाउनु, शान्तिकाे निश्वास फेरेर जीवन यापन गर्न पाउनु उसकाे नैसर्गिक अधिकार हाे ।

याे तीताे सत्य हाे तापनि विश्व परिस्थितिलाई नियाल्दा याे केवल नारा भाषणमा सिमित हुन पुगेकाे छ । खाेलाका माछा खान हुने भन्दै स्वार्थ पूरा गर्न खाेज्ने अवसरवादिता र दाेहाेराे चरित्रका कारण नै विश्व रङ्गमञ्चमा हुने र नहुने, शक्तिशाली र शक्तिहिन जस्ता विराेधाभाष रहेकाे देखिन्छ ।

बदलिँदो समयसँगै राजनीति, अर्थ व्यवस्था, उत्पादन, उपभाेग, विनिमय, वितरण प्रणाली र सामाजिक, साँस्कृतिक अवयवहरुमा फेरवदल भइ नै रहन्छ । यसरी हुने रुपान्तरण, मात्रात्मक र गुणात्मक हुने गर्दछ । कतिपय रुपान्तरण प्रयत्न र याेजनागत हुन्छन् कतिपय रुपान्तरण स्वत भइ नै रहन्छ ।

कतिपय दमनात्मक र कुनै स्वीकारात्मक हुन्छन् ।

यसरी देश, काल, परिस्थिति अनुसार राज्य प्रणाली सञ्चालन भएका हुन्छन ।

राज्य सञ्चालनका ढाँचा र सिङगाे राजनीतिक क्षेत्रमा विविधता पाइन्छ भने त्यसैअनुसारका वाद, सिद्धान्त र विचारधारा स्थापित हुँदै आइरहेका छन् ।

मानव समाजकाे विकासक्रम र परिवर्तनमा अादिम समाज देखि वर्तमान समाजकाे यथार्थकाे अध्ययन निकै चाखिलाे रहेकाे छ । त्यस्ता अध्ययनबाट राजनीतिक ,सामाजिक अध्ययनका क्षेत्रमा विभिन्न वाद र सिद्धान्तहरु स्थापित हुन पुगेका छन् ।

आज समाज वाद र पूँजी वाद मुख्यतया राजनीतिक क्षेत्रमा उठान हुँदै आइरहेका प्रमुख विचार धारा हुन् ।

समाजकाे विकासक्रमकाे अध्ययनबाट पनि विकास र रुपान्तरणकाे क्रमवद्ध इतिहास देखिन्छ ।सचेत युगमा गरिने आन्दाेलन पनि सचेततापूर्वक गरिनु पर्दछ ।पूँजीवादी समाजव्यवस्था भन्दा अवश्य नै समाजवादी व्यवस्था नै न्यायसंगत, समुन्नत, सभ्य र सुसँस्कृत हुन्छ भन्ने कुरा वैज्ञानिक अध्ययनद्वारा पुष्टि भइसकेकाे छ ।

पूँजी प्रधान समाज नै पूँजीवादी समाज हाे lयसमा मानव मूल्य कमजाेर बन्दछ । समाजवादी समाजमा पूँजी गाैण हुन्छ भने मानव मूल्य प्रधान ठानिन्छ । क्रमिक विकासकाे सिद्धान्तलाई हेर्दा पनि विकासले जटिलताबाट सरलतालाई पछ्याउँछ। एकाधिकार र सर्वाधिकारका वीच लडाइँ भइरहन्छ ।

नेपालकाे अवस्था हेरौँ त पीडा लाग्छ नेपाल हल्लै हल्लाकाे देश हाे भन्ने उखान चरितार्थ भए जस्तो ।जति उफ्रे पनि भ्यागुतो कान्ला मुनिकाे कान्ला मुनि नै भने झैँ देशकाे अवस्था सदैव दयनीय नै रहिह्याे । परिवर्तनका निम्ति जतिसुकै आन्दाेलन भएतापनि सकरात्मक परिवर्तन र गुणात्मक विकास कहिल्यै हुन सकेन । यस्ताे अभिशाप कसरी आइलाग्यो गम्भीर समिक्षा गर्नु पर्ने वेला आएको छ ।

स्याल हुइयाँ छ, व्यक्तिगत अतिवादिता छ,पदीय माेह ,खादा माला अविर,राता कार्पेट ,तुल व्यानर महङगा नीजि यातायात,

अवसर माथिका अवसर, व्यक्तिगत गालीगलौज, स्वार्थकेन्द्रित पदीय बाँडफाँड के हामीले आर्जन गरेका उपलब्धि यिनैहन् त । यही शैलीले समाजवादकाे युगमा हामीले प्रवेश गर्न सकौँला त ।

गाँस बास कपासकै खाेजिमा विदेश धाउनु पर्ने, वेराेगारी र अर्द्ध वेराेजगारीले हिनतावोध भएर सुस्केरा हाल्दै गरेकाे विवश नेपाली कथा कहिलेसम्म रहला । असफल देश चलायौँ भन्दै, लाज नमानी हुँकार गर्ने हुतीहारा राजनीतिक नेतृत्व कहिलेसम्म वेसरम सत्ता चलाउँदै भत्ता पचाइरहला गम्भीर प्रश्न खडा भएकाे छ । अब अामूल रुपान्तरणकाे अनिवार्यता रहेकाे छ । अनन्त सम्भावना भएकाे देशमा सम्भावनालाई पक्रनुकाे सट्टा सिमितिकरण गर्ने अनि तलब भत्ता, पद अवसर सानमान र आडम्बरकाे नौटंकी नाटक देखाउनुकाे कुनै तुक रहँदैन ।नाङगे महाराजकाे कथाकाे खल पात्र जस्तै नीच हुँदै जाँदा दलीय राजनीति र नेतृत्वप्रति गम्भीर प्रश्न चिन्ह खडा भएकाे मात्र हाेइन नेता शब्दकाे गरिमामा समेत गिरावट आइसक्दा नचेतेर कहिले चेत्ने हाे समयमा नै नेतृत्व शैली र कार्य व्यवहार र चिन्तन पद्धतिमा सुधार ल्याउनु अनिवार्य भएकाे छ । नेतादेखि कार्यकर्ता, आम जनसमुदायमा मनाेवैज्ञानिक हिनता छ ।हत्याहिंसा, बलत्कार, व्यापार व्यवसायमा गिरावट हुने र नहुनेवीचकाे बढ्दाे दूरीका कारण सामाजिक भडकाउ बढीरहेका छन् । निम्न पूँजीवादी चिन्तनका कारण सामाजिक जटिलताहरु थपिँदै गएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ५ : १७ बजे