१५ माघ २०८२, बुधबार | January 28, 2026

अमेरिकी हवाई हमलामा आठ जनाको मृत्यु



उत्तरपूर्वी सिरियाको हस्काह समीप अवस्थित गठबन्धन सेनाको शिविरमा बिहीबार भएको ड्रोन आक्रमणको प्रतिकारमा अमेरिकी सेनाले गरेको हवाई हमलामा इरान समर्थक आठ जना लडाकु मारिएका छन् ।    
    
गठबन्धन सेनाको शिविरमा भएको ड्रोन आक्रमणमा परी एक जना अमेरिकी ठेकेदार मारिएका थिए भने अमेरिकी सेनाका पाँच जना सदस्य घाइते भएका थिए । उक्त आक्रमणमा अर्का एक जना अमेरिकी ठेकेदार पनि घाइते भएका थिए ।    
    
युद्ध अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले पूर्वी सिरियाको देइर एजोर शहरका रहेको हतियार भण्डार केन्द्रलाई लक्ष्य गरेर भएको हवाई हमलामा इरान समर्थक छ जना लडाकु तथा मायादिनको मरुभूमि र अल–बुकमाल नजिक भएको अर्को हमलामा दुई जना मारिएका बताएका छन् ।    
    
यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले राष्ट्रपति जो बाइडेनको निर्देशनमा इरानको इस्लामिक रिभोलुस्नरी गार्डस् कप्र्ससँग सम्बद्ध समूहले प्रयोग गर्दै आएको स्थानमा हवाई हमला गरिएको बताउनुभएको छ ।    

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ८ : ४७ बजे