२ आश्विन २०८१, बुधबार | September 18, 2024

क्रिकेट रंगशालाको निर्माण अगाडि बढ्छः मेयर रेनु दाहाल



भरतपुर,१२ चैत

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अलपत्र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढ्ने बताउनुभएको छ । नेपाल कराँते महासंघको सातौ राष्ट्रिय महाधिवेशन कार्यक्रममा उहाँले रंगशालाको बहुवर्षीय सहमतिसहित टेण्डर प्रकृया अगाडि बढाउने गरी पहल भइरहेको बताउनुभयो । चितवनमा रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोको साथ हरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आइतबार  १० : २६ बजे