३१ जेष्ठ २०८३, आइतबार | June 15, 2026

बङ्गगलादेशमा रेल दुर्घटना हुँदा १२ जना घाइते



बैशाख-०४

बङ्गलादेशको राजधानी ढाकाबाट करिब ९६ किलोमिटर पूर्वमा पर्ने कुमिल्ला जिल्लामा दुईवटा रेलका सात वटा डिब्बा लिकबाट बाहिरिएर दुर्घटना हुँदा कम्तीमा १२ जना घाइते भएका छन् ।    
    
कुमिल्लाको नाङ्गलकोट प्रहरी चौकीका प्रमुख मोहम्मद फारुक हुसेनका अनुसार दक्षिणपूर्वी बन्दरगाह शहर चट्टोग्रामबाट ढाकातर्फ जाँदै गरेको यात्रुबाहक रेलको पाँच वटा डिब्बा स्थानीय समयअनुसार आइतबार साँझ ६ः३० बजे नाङ्गलकोटको हसनपुर रेलवे स्टेसनमा पछाडिबाट मालवाहक रेललाई ठक्कर दिँदा लिकबाट बाहिरिएको थियो ।    
    
दुर्घटनापछि मालबाहक रेलका दुई डिब्बा रेलको लिकबाट खसेको उहाँले बताउनुभयो ।    
    
अधिकारीका अनुसार रेल दुर्घटनाका कारण ढाकाबाट देशका अन्य भागसँग जोडिएको रेल सेवा घन्टौंसम्म अवरुद्ध भएको थियो । दुर्घटनाको कारण तत्काल खुल्न सकेको छैन ।    
–––  

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ७ : ३० बजे