२ आश्विन २०८१, बुधबार | September 18, 2024

दुई जना सङ्क्रमितको निधन



बैशक-०५

कोरोना भाइरसको सङ्क्रमणबाट आज दुई जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज सङ्क्रमित दुई जनाको मृत्यु भएको हो ।    
    
यसैगरी मन्त्रालयका अनुसार आज दुई हजार दुई सय ९२ जनामा गरिएको परीक्षणमा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ८५ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने कूल सङ्क्रमित सङ्ख्या तीन सय ९७ जना पुगेका छ ।    
    
काठमाडौँ उपत्यकामा २२ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु), चार जना भेन्टिलेटरमा उपचाररत रहनुभएको छ । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ । –––  

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ६ : ५५ बजे