६ आश्विन २०८१, आइतबार | September 22, 2024

कोरोना सङ्क्रमित एकको निधन



बैशाख-०९

कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि एक जनाको निधन भएको थियो ।    
    
आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन् । यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ ।–––  

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ५४ बजे