२ आश्विन २०८१, बुधबार | September 18, 2024

लागु औषध सहित नारायणघाटबाट ३जाना नियन्त्रणमा



बैशाख-१२

वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नं.१ स्थित सडक पेटीबाट ३ जानालाई लागु औषध सहित पक्राउ गरेको छ । पक्राउ हुनेमा नवलपरासी रामग्राम वडा नं.७ बस्ने बर्ष ४४ को चन्द्रिका राठौर, जिल्ला चितवन भ.म.न.पा.११ बस्ने बर्ष २४ को सन्तोष सुनुवार र जिल्ला नवलपरासी गैडाकोट न.पा. वडा नं.२ विकास चोक बस्ने बर्ष १९ को रविन लामालाई पक्राउ गरेको थियो ।

उनीहरुबाट नाईट्राभेट ट्याबलेट दुई पत्तामा ३० पिस, डाईजेपाम १५० एम्पुल, नुफिन १५०एम्पुल, फेनारगन १५० एम्पुल गरी ४५० एम्पुल र नगद रु.४७४५० बरामद भएको थियो । 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ६ : १० बजे