२ आश्विन २०८१, बुधबार | September 18, 2024

हुथी विद्रोहीको ड्रोन आक्रमणमा यमनका ३ सरकारी सैनिकको मृत्यु



यमनको मारिब प्रान्तमा हुथी मिलिसियाले गरेको ड्रोन हमलामा कम्तीमा तीन यमनी सरकारी सैनिकको मृत्यु भएको । सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई यसबारे पुष्टि गरेका हुन् । नाम न छाप्ने शर्तमा स्थानीय सरकारी अधिकारीले हुथी समूहले रातभर मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु भएको हो । अधिकारीले भने, “हुथीहरूले बिहीबार राति विस्फोटक पदार्थले भरिएको ड्रोनले हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकहरूलाई निशाना बनाई ठूलो विस्फोट गराए ।” ड्रोन आक्रमण सरकारी सेना र इरान समर्थित हुथीहरू बीच चलिरहेको द्वन्द्वमा सापेक्ष शान्त अवधिको बीचमा हुने गरेको छ । यद्यपि आक्रमणका घटनाममा भने कमी आएको छ । यमनको तेलसम्पन्न मारिब प्रान्त बहुमूल्य स्रोतहरूले नियन्त्रणको लागि विभिन्न गुटहरूलाई बीच झडप हुने गरेको छ। हुथी मिलिशियाले सन् २०१४ मा सानाबाट थुप्रै उत्तरी शहरहरू आफ्नो नियन्त्रणमा लिएका छन् र सानाबाट साउदी समर्थित यमनी सरकारलाई हटाएपछि यमन गृहयुद्धमा फसेको छ। यस द्वन्द्वले ठूलो सङ्ख्यामा हताहती भएको छ र मानवीय सङ्कटको तर्फ धकेलिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  २ : ०७ बजे