१ चैत्र २०८२, आइतबार | March 15, 2026

बङ्गालको खाडीमा मोखा चक्रवात, पहाडी भागमा वर्षाको सम्भावना



वैशाख ३१

देशमा स्थानीय वायुको सामान्य प्रभाव देखिँदै आएकामा बंगालको खाडीमा विकसित भइरहेको चक्रवातको असर पनि देखिन थालेको छ।

जल तथा मौसम विज्ञान विभागकाअनुसार बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवात शक्तिशाली चक्रवातमा परिणत भएको छ।

चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ।

नेपालमा त्यसको उल्लेखनीय प्रभाव नदेखिए पनि देशैभर मौसम बदलीको अवस्था रहने छ। काठमाडौं उपत्यकालगायत देशका अधिकांश भूभागमा मंगलबारसम्मै बदलीको अवस्था रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।

‘नेपालमा चक्रवातको खासै प्रभाव देखिँदैन। सामान्य बादल लाग्ने, एकदुई स्थानमा क्षणिक वर्षा हुने र मौसम चिसो हुने अवस्था देखा पर्न सक्छ,’ उनले सेतोपाटीसँग भनिन

अहिले गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको पनि उनले बताइन्।

दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ११ : १३ बजे