६ आश्विन २०८१, आइतबार | September 22, 2024

भरतपुर महानगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण



चितवन, जेठ-५

भरतपुर महानगरपालिकाले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय, चितवनलाई विपद् प्रतिकार सामग्री हस्तान्तरण गरेको छ |

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले शुक्रबार एक कार्यक्रमका बीच  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभयो । भरतपुर महानगरपालिकाले उक्त कार्यक्रममा विपद् व्यवस्थापन, प्रतिकार तथा उद्दारमा प्रयोग हुने रकम रु.६ लाख ६६ हजार ३ सय ८३ बराबरको २२ प्रकारका सामान तथा औजार हस्तान्तरण गरेको थियो |

हस्तान्तरण कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर विपद्को दृष्टिकोणबाट उच्च जोखिममा रहेकाले खोज तथा उद्दार कार्यमा प्रयोग हुने आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो । उहाँले प्रचण्ड गर्मी बढे संगै आगलागीका घटना बढ्दै गएको र दुई ठुला नदीमा समेत बाढीको उच्च जोखिम रहेकाले उक्त सामग्रीहरुले विपद् व्यवस्थापनमा सहयोग  पुर्‍याउने उल्लेख गर्नुभयो । दाहालले विपद् व्यवस्थापनको लागि सरोकारवालासँग समन्वय गरी अगाडि बढेको बताउनुभयो । उहाँले महानगरबासीलाई सुरक्षित राख्न महानगर सधै जिम्मेवारीपूर्ण भूमिका खल्ने समेत बताउनुभयो |

 

 

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ५ : ५८ बजे