४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

बाघ भोकै मर्छ, घाँस खाँदैन, ममाथि पनि छानबिन होस्-केपी शर्मा ओली



जेठ-०८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन दलका शीर्ष नेताहरुको बैठकमा विषयमा सन्देह पैदा भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूमाथि पनि छानबिन गर्न चुनौती दिएका छन्।
‘म चुनौतीका साथ भन्न चाहन्छु– म गृहमन्त्री भएँ, परराष्ट्रमन्त्री भएँ, पटक–पटक प्रधानमन्त्री भएँ छानबिन होस्। छानबिन गरियोस्। म चुनौतीका साथ भन्न चाहन्छु, हामी सधैं भ्रष्टाचारका विरूद्धमा छौं,’ आइतबारको प्रतिनिधि सभा बैठकमा उनले भने।

आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले तीन दलका नेताहरुबीच सदनका जटिलता राम्रोसँग लैजाने विषयमा छलफल भएको दाबी गरे ।
ओलीले तीन दलका नेताहरुबीच छलफल हुँदा आफूले मान्छे बचाइदेन नभनेको भन्दै अन्य दुई नेतालाई भन्दा आफूलाई शंकाले हरिएको जनाए ।

‘दुईटा नेता दूधमा नुहाएका, म चाहिँ लौन मान्छे बचाइदेऊ भन्ने गएको ? बाघ भोकै बस्छ, घाँस खाँदैन । केपी ओलीले म्याउँ म्याउँ गर्दैन’ उनले भने ।

उनले सक्कली प्रतिवेदनमा गलत नामसूची घुसाइएको बताए । कभर त्यही राखेर कागज फेरिएको बताउँदै त्यसलाई खोज्नुपर्ने बताए । उनले भने, ‘कभर त्यही राखियो, भित्रको कागज फेरियो । व्यक्तिको सूची परिवर्तन गरियो । परिवर्तन गर्ने खोजौं न ‘उनले भने ।

‘निर्दोष फसाउन प्रयास भइरहेको छ। म खबरदारी गर्न चाहन्छु, दोषी उम्काउने, निर्दोष फसाउने, यस प्रकारका प्रयास नगर्दा हुन्छ किनभने यो अझ भयावहरूपमा निस्कन्छ । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न, ९७५ जनासँग पैसा उठाइएको छ। चानचुने कुरा होरु त्यसकारण यो भोलि पनि निस्कन्छ। निर्दोष नफसोस्,’ ओलीले संसदमा भने।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : ५२ बजे