३१ भाद्र २०८१, सोमबार | September 16, 2024

चितवनका किसानलाई बाख्रा र धानको बीउ वितरण



चितवन, जेठ-११

भरतपुर महानगरपालिकाले वडा नं. २२ का १५ घर परिवारलाई बुधवार बाख्रा तथा धानको बीउ वितरण गरेको छ। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न उद्देश्यले एउटा परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको थियो।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो।

यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ। “राम्रो प्रतिफल दिने किसानलाई पुरस्कृत गरिने, समेत उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताउनुभयो।

उहाँले निर्वाहमुखी कृषक कार्यक्रममार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने समेत जानकारी दिनुभयो।

भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरको थियो । भरतपुर-२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकलाई धानको बीउ वितरण गरिएको हो। महानगरपालिकाले प्रतिकिलो रु ३० का दरले अनुदान दिएको थियो।

भरतपुरमा रहेका ७२ कृषि सहकारीमार्फत दुई सय ३३ मेट्रिक टन बीउ नौ हजार बढी कृषकलाई वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने समेत अनुसन्धानले देखाएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ८ : ५१ बजे