३१ भाद्र २०८१, सोमबार | September 17, 2024

चितवनकी मुनाले अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्ने



जेठ-11
मिस हेरिटेज ग्लोबल नेपाल २०२३ की विजेता मुना रिजालले आउँदो सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन्।

गत जेठ ४ गते सम्पन्न मिस हेरिटेज ग्लोबल नेपालमा ताज हात पार्न सफल भएकी चितवनकी २७ वर्षीया मुनाले दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा प्रतिनिधित्व गर्ने नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्ने छिन् ।

यस कार्यक्रममा विश्वका ५५ देशका सुन्दरीको सहभागीता रहने मिस हेरिटेज ग्लोबल नेपालले जर्नाएको छ । कम्पनीका कार्यकारी निर्देशक उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग गर्ने बताए । प्रतियोगिताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ९ : २४ बजे