३ आश्विन २०८१, बिहिबार | September 19, 2024

टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु



जेठ-१४

टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्दोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी हुनुहुन्छ ।

गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात् ८६।९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए । उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको थियो । हालै १८ वर्ष पुगेका करिब ५० हजार नयाँ मतदाताको चुनावमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गरेका थिए ।

पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एर्दोगानले ४९।५२ प्रतिशत मत प्राप्त गर्नुभएको थियाभने किलिचदारोग्लुले ४४।८८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

यसैबीच, संसदीय निर्वाचनको नतिजाले राष्ट्रपति एर्दोगानको पिपल्स अलायन्सले ६०० सिट भएको संसदमा ३२३ सिटमा बहुमत हासिल गरेको देखाएको छ भने छ दलको विपक्षी ब्लक नेसन एलायन्सले २१२ सिट प्राप्त गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ५ : ५७ बजे