६ आश्विन २०८१, आइतबार | September 22, 2024

भारतको ओडिशामा रेल दुर्घटना हुदाँ २३८ जनाभन्दा बढीको मृत्यु



जेठ -२०

भारतको पूर्वी राज्य ओडिशामा रेलहरू एकआपसमा ठोकिँदा कम्तीमा २३८ जनाको मृत्यु भएको र ९०० जनाभन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।

उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स पठाइएको जनाएका छन्।

एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ।

यो भारतमा भएको यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना हो।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ११ : १५ बजे