२ आश्विन २०८१, बुधबार | September 18, 2024

दैनिक किन र कति पानी पिउने?



मानब  शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। पानी धेरै उद्धेश्यका लागि प्रयोग गरिन्छ। खाना पकाउने, कपडा धुने, नुहाउने सबै कामका लागि पानीको आवश्यकता पर्छ। सबैभन्दा महत्वपूर्ण कुरा पिउने पानीको हो।

सामान्य व्यक्तिले  दिनमा दुईदेखि तीन लिटर पानी पिउनु पर्छ तर, यो एकै चोटी पिउनु हुँदैन।  पिसाब पहेँले छ  भने शरीरमा पानीको मात्रा कमी छ भन्ने बुझ्न सकिन्छ।

यदि तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। यसको मतलब यो होइन कि, तिर्खा लाग्नासाथ १ लिटर, २ लिटर पानी खाइहाल्नुपर्छ। धेरै पानी एकैचोटी पिएमा बमिट हुनका साथै  पेट फुले जस्तो हुन्छ र शरीरलाई असहज हुन्छ।

हामीले मिलाएर दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ।  गर्मी समयमा  शरीरमा धेरै पसीना आएको छ भने अथवा काम गरिएको छ भने पानीको मात्रा बढाउनुपर्ने हुन्छ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  १२ : ४१ बजे