४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नारायणी नदीमा डुबेर १ भारतीय तीर्थयात्रीको मृत्यु



असार-०१

एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको शव दिउँसो १ः२५ बजे फेला परेको  छ । तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएको जिल्ला कार्यालय चितवनले जनाएको थियो।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ४ : १३ बजे