५ आश्विन २०८१, शनिबार | September 21, 2024

कांग्रेस बदल्न आवश्यक परे ‘धुरी’ बदल्न तयार हुनुपर्छ : गगन थापा



असार-४

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस बदल्न आवश्यकता अनुसार धुरी बदल्न सक्नुपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंं महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश बदल्न सबैभन्दा पहिला नेपाली कांग्रेस बदल्न आवश्यक रहेको बताए।

उनले नेपाली कांग्रेस अहिले जसरी चलेको छ त्यसरी नै चल्ने हो भन्ने ठानेमा कांग्रेस दुर्घटनामा जाने बताए। उनले कांग्रेसलाई दुर्घटनाबाट बचाउन पार्टीलाई फरक ढंगमा चलाउनु पर्ने जिकिर गरे।

‘कांग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर, देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली कांग्रेसले आफूलाई बदल्छ। बदलेको कांग्रेसले मात्रै देश बदल्न सक्छ,’ उनले भने, ‘कांग्रेस अहिले जसरी चलेको छ। त्यसरी नै चल्ने हो। ठिक भएर चलेको छ भनेर मान्दैनौं भने कांग्रेस दुर्घटनामा जान्छौं। हामी जसरी चलिरहेका छौं। यो भन्दा भिन्न ढंगबाट चल्नुपर्छ। चल्न सक्छौं। कांग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं।’

उनले यस्तो बेलामा कांग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने कुरामा जोड दिए |

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ४१ बजे