४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा अवरुद्ध



असार -६

सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज दिउँसो १.५० बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ३ : ०२ बजे