५ आश्विन २०८१, शनिबार | September 21, 2024

रुसमा कारखानामा विस्फोटः ४ जनाको मृत्यु



असार-६

रुसको दक्षिणपश्चिमी ताम्बोभ क्षेत्रमा मङ्गलबार भएको बारूद कारखानामा विस्फोटबाट भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु हुनाको साथै अन्य दुई जना घाइते भएका छन् ।
कोटोभस्क शहरमा रहेको बारूद कारखानाको भवनमा विस्फोट भएको हो । विस्फोटबाट लागेको आगो केही समयपछि निभाइएको तास समाचार एजेन्सीले जनाएको छ।
“मानवीय त्रुटिका कारण उक्त घटना भएको थियो। म कुनै शङ्का नगरी भन्न सक्छ- यो आतङ्कवादी हमला थिएन। यद्पयि त्यहाँ कुनै हताहती भने भएन,” ताम्बोभ क्षेत्रका प्रमुख म्याक्सिम येगोरोभले भनेका छन् । उनले दुर्घटनाबाट प्लान्टका कामदार वा छिमेकी बस्तीका बासिन्दाहरूलाई कुनै पनि कुराले खतरा नरहेको बताएका छन् ।
दुर्घटना बारे छानबिन भइरहेको छ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : ४७ बजे