६ आश्विन २०८१, आइतबार | September 22, 2024

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध हुनुहुन्छ । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उहाँले पशुपालन गर्नुभएको हो । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उहाँको त्यसपछिको समय भने फार्ममा बित्छ । विद्यालय नजिकै विद्यालयकै जग्गामा फार्म बनाइएको छ । फार्ममा ब्रोइलर कुुखुरा, पाडा,…