८ आश्विन २०८१, मंगलबार | September 24, 2024

राष्ट्रपति कार्यालयले फिर्ता गर्‍यो रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा

जेठ-१२ राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ। राष्ट्रपति कार्यालयले रेशम चौधरीबारे गृहमा पठाएको निवेदनमा दुई मुख्य समेटिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले प्रचलित कानुन, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम हुने गरी गर्न भनेर गृहमा फिर्ता पठाइएको बताए।…