८ आश्विन २०८१, मंगलबार | September 24, 2024

सवारीसाधन नवीकरण गर्न इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं । इम्बोस्ड नम्बर प्लेट नराख्ने सवारीसाधनको नवीकरण नै रोक्ने तयारी गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दै लैजाने तयारी गरेको हो । मन्त्रालयले जारी गरेको घोषणापत्रमा आगामी कार्तिक मसान्तभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्ने उल्लेख छ…