६ आश्विन २०८१, आइतबार | September 22, 2024

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

काठमाडौँ, ५ असोज : पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन उहाँका भाइ छविलाल भट्टले जानकारी दिनुभयो । गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।…