३१ भाद्र २०८१, सोमबार | September 16, 2024

कसरी हुन्छ कंकसन ?



कंकसन खेलाडीहरूमा देखिने सबैभन्दा कमन रोग ‘ट्रउमाटिक ब्रेन इन्जुरी’ हो। टाउको ठोक्किने सम्भावना भएका खेलहरूमा कंकसनको जोखिम बढी हुन्छ। फुटबलमा बल पास गर्न र गोल हान्न टाउको धेरै नै प्रयोग हुन्छ। टाउको पटकपटक हल्लिँदा वा एकापसमा ठोक्किरहँदा ब्रेनमा इन्जुरी हुने सम्भावना बढेर जान्छ। केही समय अगाडि मात्रै नेपालका राष्ट्रियस्तरका फुटबल खेलाडीलाई कंकसन भयो। केही समयको उपचारपछि डिस्चार्ज गरियो। कंकसन सानो स्केलको इन्जुरी भएकाले सुरुसुरुमा यसमा धेरैको ध्यान नजान सक्छ। तर पटकपटक कंकसन हुँदा खेलाडीको ब्रेनमा दीर्घकालीन क्षति हुनुका साथै कहिलेकाहीँ ब्रेन अचानक सुन्निएर ज्यानै जान सक्छ। यसलाई सेकेन्ड इम्प्याक्ट सिन्ड्रोम भनिन्छ।

के हो कंकसन ?

टाउको कुनै पनि चिजसँग ठोक्किँदा जेलीजस्तो नरम ब्रेन टाउकोको भित्री हड्डीहरूमा ठोक्किन्छ। त्यतिबेला नराम्रोसँग हल्लिएर छचल्किन्छ। यसले गर्दा ब्रेनका नसाहरूमा सूक्ष्म चोट लाग्नुका साथै नसाहरू सुनिन थाल्छन्। कंकसन हुन टाउको ठोक्किनै पर्छ भन्ने पनि छैन। टाउको अचानक र छिटोछिटो तलमाथि वा दायाँबायाँ घुमाउँदा पनि कंकसन हुन सक्छ। कंकसन कसरी हुन्छ भन्ने व्याख्या अझै राम्रोसँग हुन सकेको छैन। कंकसनमा दिमागको नसाहरू टुट्ने वा रगतको चोक्टाहरू जम्नेजस्ता ‘स्ट्रक्चरल ड्यामेज’भन्दा पनि नसाहरूले काम गर्ने क्षमता कम भएर जान्छ।

नसाले आफूलाई स्वास्थ्य राख्न चलायमान हुन्छ। यसक्रममा ‘बायोकेमिकल’ र ‘मेटाबोलिक फङ्सन’मा समस्या आउन सक्छ। यसो भयो भने मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैन। ‘सेकेन्ड इम्प्याक्ट’ हँुदा मस्तिष्कभित्र रहेका रगतका नसाहरूको ‘अटो रेगुलेसन’मा गडबडी हुन्छ। अनि मस्तिष्कमा रगतको प्रवाह बढी हुन जान्छ। जसले गर्दा दिमाग अचानक सुनिन्छ। अनि टाउकोको प्रेसर बढेर मस्तिष्कले कम गर्न सक्दैन। सेकेन्ड इम्प्याक्ट सिन्ड्रम कम उमेरका खेलाडीहरूमा बढी भएको पाइएको छ।

कंकसनको निदान कसरी गर्ने ?

कंकसनको निदान त्यति सजिलो छैन। यसका लक्षणहरू अति नै सूक्ष्म हुन्छन्। टाउको दुख्ने, रिंगटा लाग्ने, उल्टी होला जस्तो हुने, हिँडडुल गर्दा असन्तुलित हुने, आँखामा तारा लागेजस्तो देखिने भयो भने सम्झनोस् कंकसनका लक्षण देखिए। बेहोस हुने समस्या थोरैजनामा मात्रै देखिन्छ।

पहिलो पटक कंकसन हुँदा यस्ता लक्षणहरू ७ देखि १४ दिनभित्र आफैं ठीक भएर जान्छन्। कंकसनमा एमआरआई र सिटीस्क्यान नर्मल हुन्छ। त्यसैले यो नितान्त ‘क्लिनिकल डायोग्नोसिस’ हो। साथै खेलाडीले पनि टाउको ठोक्किएको याद नहुने वा बिर्सिसकेको हुन सक्ने पनि हुन्छ। धेरैजसो अवस्थामा कंकसनको निदान गर्न गाह्रो पर्छ। साथै, कतिपय अवस्थामा खेल खेल्ने मौका गुम्न सक्ने डर हुन्छ। यसले पनि खेलाडीले यो कुरा डाक्टरसँग लुकाउन सक्छन्।

यद्यपि यो अति नै महत्त्वपूर्ण छ। किनकि खेलाडी पूर्णरूपमा निको नभई पुनः खेलमा फर्कंदा दोस्रो पटक कंकसन भयो भने दिमाग अचानक सुनिन थाल्छ। बिरामीको ज्यानसमेत जान सक्छ। सेकेन्ड इम्प्याक्ट सिन्ड्रोमबाट खेलाडीलाई बचाउन कंकसनको सही निदान र पूर्ण उपचार हुनु जरुरी छ।

कंकसनको उपचार कसरी गरिन्छ ?

कंकसनको निदानपछि बिरामीलाई पहिले स्टेजमा शारीरिक र मानसिक रूपमा आराम चाहिन्छ। कन्सेन्सस स्टेटमेन्ट अन कन्कसन इन स्पोर्टस्ले दिएको गाइडलाइन अनुसार ‘सिक्स स्टेप रिटर्न टु प्ले’ प्रोटोकलअनुसार उपचार गर्नुपर्छ।

सर्वप्रथम शारीरिक र मानसिक रूपले पूर्ण आराम गर्नुपर्छ भने दोस्रोमा लाइट अरोबिक अभ्यास गर्नुपर्छ। साथै हिँडडुल र स्विमिङ गर्ने साथै साइकल चलाउने गर्नुपर्छ। तेस्रो, टाउको नठोकिने खालका अभ्यासहरू गर्ने, चौथो, नन कन्ट्याक्ट ट्रेनिङ ड्रिल्स गराउने, पाँचौं, फुल कन्ट्याक्ट अभ्यास गराउने र छैटौं रिटर्न टु प्लेमा सबै यी काम सकेपछि मात्र खेल खेल्न फिर्ता पठाउने गर्नुपर्छ।

कंकसनको असर अल्पकालीन र दीर्घकालीन दुवै रूपमा पर्न सक्छ। उक्त व्यक्तिमा चिन्ता, डिप्रेसन, व्यक्तित्वमा परिवर्तन, छारेरोगजस्ता असर देखा पर्न सक्छन्। पहिले चोटपछि पूर्णरूपमा निको नहँुदै टाउकोमा दोस्रो 

चोट लाग्दा ब्रेन अचानक सुनिन्छ। यो नै सबैभन्दा गम्भीर अल्पकालीन जोखिम हो। जसबाट बिरामीको ज्यान जान सक्छ। साथै बच्नेहरू पनि दीर्घकालीन रूपमा अपांगता हुन सक्छन्। तसर्थ, कंकसन भएका खेलाडीआई खेलबाट बाहिर निकाली माथिमा ६ अभ्यास क्रमशः गरेर मात्र पुनः खेलकुदमा सहभागी गराउनु पर्छ।

कंकसनको असर अल्पकालीन र दीर्घकालीन दुवै रूपमा पर्न सक्छ। उत्ताm व्यत्तिाmमा चिन्ता, डिप्रेसन, व्यत्तिाmत्वमा परिवर्तन, छारेरोगजस्ता असर देखा पर्न सक्छन्।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ५ : ५२ बजे