३ आश्विन २०८१, बिहिबार | September 19, 2024

वीर अस्पतालमा बर्न वार्ड संचालन गरिने भएको छ ।



काठमाण्डौं । वीर अस्पतालले बर्न वार्ड संचालन गर्ने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा.सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए ।

वि.सं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि बन्द भएको सेवा पुन: संचालनमा ल्याई जलन भएका बिरामीको उपचार सेवा उपलव्ध गराउने उनले बताए ।

अस्पतालले अब नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले शुक्रबार डा पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ७ : १५ बजे