६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितवनमा गैँडाको आक्रमणबाट एकको निधन



चितवन फागुन-९

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको निधन भएको छ । निधन हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बिहानपख बाटोमा हिँड्ने क्रममा रत्ननगर-९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाले आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन रहेको उनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ४५ बजे