२ आश्विन २०८१, बुधबार | September 18, 2024

सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहले गर्यो अर्गानिक तरकारीहरुको विरुवा वितरण



चितवन, फागुन १३

सेतीदेवी सामुदायिक वन उपभोक्ता समूह, भरतपुर-१६ ले आज ३०० घरधुरीभन्दा धेरै परिवारलाई अर्गानिक तरकारीहरुको विरुवा वितरण गरेको छ।

वनका अध्यक्ष सुकमान घलेका अनुसार वन उपभोक्ता समितीका सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखी अर्गानिक तरकारी वितरण गरिएको हो।

भरतपुर महानगरपालिका वार्ड १६ र सामुदायिक वन उपभोक्ता समूहको संयुक्त संलग्नतामा न्युनतम् १० रुपैयाँमा विरुवाहरु वितरण गरिएको सामुदायिक वन उपभोक्ता समूहका सदस्य विशाल सुबेदीले जानकारी दिए |

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ६ : ५९ बजे