४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पत्रकार मनोज हितंगाको सवारी दुर्घटनामा परेर मृत्यु



बुटवलमा भएको सवारी दुर्घटनामा परेर पत्रकार मनोज हितंगाको मृत्यु भएको छ। गए राति मिलनचोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिएको थियो।

लु ८ प ९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश ०७-०२-००१ नम्बरको बसले गए राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै मोटरसाइकललाई ठक्कर दिएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उनलाई केहीबेरमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

उनी लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत रहेका थिए। पछिल्लो समय उनी एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा रहेर संवाददाताका रूपमा कार्यरत थिए।उनी पाल्पास्थित तानसेन नगरपालिकाका स्थायी बासिन्दा थिए। विगत १५ वर्षदेखि उनी बुटवलस्थित बुद्धनगरमा बस्दै आएका थिए।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : ३६ बजे