६ आश्विन २०८१, आइतबार | September 22, 2024

नवलपुरमा कार दुर्घटना हुँदा दुई घाइते



नवलपरासी, फागुन १६

पूर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको नवलपरासी ९ बर्दघाट सुस्तापूर्वको कावासोती जंगलमा सोमबार साँझ कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । प्रहरीको अनुसन्धान अनुसार कार चालकले मादक पदार्थ सेवान गरेर चलाएको भेटिएको थियो |

जिल्ला प्रहरीका अनुसार कावासोती र लोकाहा जंगलको बीचमा नारायणगढतर्फ जाँदै गरेको बा १४ च २९३९ नम्बरको कार पल्टिएर उत्तानो परेको थियो । चालकले धुलाम्मे सडकमा तीव्र गतिमा कार गुडाउँदा दुर्घटना भएको डीएसपी सन्तोष पाठकले जानकारी दिनुभयो ।

कारमा रहेका दुई यात्रु घाइते भएका छन् । महेन्द्रराज मार्ग फराकिलो बनाउने क्रममा भत्काइएको सडकमा तीव्र गतिमा हुइँकिएको कार माटोको ढिस्कोमा परेर दुर्घटना भएको प्रत्यक्षदर्शी साहिल मियाँ जफ्फरले बताए ।

दुर्घटनास्थलबाट कार हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ । कारमा सवार यात्रुको बारेमा जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ । कार दुर्घटना भएपछि राजमार्गमा काम गरिरहेका मजदुरले उद्धार गरेका थिए |

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार  ९ : ०२ बजे