६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितवनकै पुरानो मेधौली विमानस्थालको स्तरोन्नति हुने



सन् १९६१ मा स्थापना भएको चितवनकै पुरानो मेधौली विमानस्थालको स्तरोन्नति हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मिति २०७९/१२/०६मा मेधौली विमानस्थालको धावनमार्ग स्तरोन्नति र तारबार लगायत कार्यहरुको टेन्डर आव्हान गरेको छ।चितवन राष्ट्रिय निकुञ्जको आगनमा अबस्थित यो विमानस्थल पश्चिम चितवनको एक महत्वपुर्ण पर्यटन पुर्वाघार र भरतपुरको वैकल्पिक विमानस्थल हुनेछ।

यो सगैं भरतपुर महानगरलाई दक्षिण एसियाकै नमुना शहर बनाउने  महाअभियानमा नयाँ आयाम तथा उर्जा थपिएको भरतपुर माहानगर प्रमुख रेणु दाहालले बताउनुभयो |

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ८ : ५६ बजे